 
																			१९ मंसिर, काठमाडौं । संगीत रोयल्टी संकलन समाजका नाममा देशभरि सञ्चालित सार्वजनिक यातायातलाई अनिवार्य रोयल्टी तिर्न १० दिने ‘अल्टिमेटम’ प्राप्त भएपछि यातायात व्यवसायी आक्रोशित बनेका छन् ।
समाजले सवारीसाधनका नाममा ५ सय ६५ देखि ३ हजार ३ सय ९० रुपैयाँसम्म रोयल्टी तोकेर १० दिनभित्र नबुझाए २ लाखसम्म जरिबाना गर्ने बेहोरा सहित सूचना पठाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव डेकनाथ गौतमले जानकारी दिए ।
महासंघले समाजको उक्त चेतावनीबीच रोयल्टी नतिर्न व्यवसायीलाई अपिल समेत गरेको हो ।
‘हामी संगीतका विज्ञापनकर्ता हौं, त्यसकारण हामीसँग जबर्जस्ती रकम उठाउनु जायज छैन,’ महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘बरु संगित बजाउन नपाउने भए हामी नै बहिष्कार गर्छौं ।’
थानकोट सहित नाकामा जबर्जस्ती रकम असुल गर्न थालिएपछि यसरी विरोध गर्नुपरेको उनको भनाइ छ । महासंघले सहमतिविना जबर्जस्ती समाजले रोयल्टी संकलनको अल्टिमेटम दिएको समेत जनाएको छ ।
जबर्जस्ती रोयल्टी उठाउन खोजे जस्तोसुकै अवस्थाको सामना गर्ने र त्यसपछिको जिम्मेवारी समाजले लिनुपर्ने व्यवसायीको भनाइ छ ।
उता, समाजले भने टेम्पुमा प्रतिवर्ष ५ सय ६६, ट्याक्सी, माइक्रो र जिपमा १ हजार १ सय ३०, मिनीबस १ हजार ६ सय ९५ र ठूला बसमा २ हजार २ सय ६० रुपैयाँ रोयल्टी तोक्दै अल्टिमेटम दिएको हो ।
लामो दूरीका साधनलाई अधिकतम २ हजार ८ सय २५ रुपैयाँ र पर्यटक बसलाई अधिकतम ३ हजार ३ सय ९० रुपैयाँ रोयल्टी तोकेर पठाएको छ ।
हेर्नुहोस् रोयल्टी तिर्न दिइएको सूचना र व्यवसायीको प्रतिक्रिया :

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4