+
+

गायक प्रमोद खरेल र बादल थापा २० घण्टा लेबनान अध्यागमनको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १६:५६

काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको छ ।

सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको हो । गायक थापाले अनलाइनखबरलाई घटनाबारे जानकारी दिएका हुन् ।

उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएका थिए ।

उनीहरु साइप्रस नपुग्दा त्यहाँ नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस स्थगित भएको छ । कोष ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुसनले कार्यक्रम आयोजना गरेका थिए ।

आयोजकमध्येका केही व्यक्तिले कार्यक्रम रोकिएकोबारेका खबरलाई फेसबुकमा पनि सेयर गरेका छन् । अध्यागमनले रोकेपछि केही दिनमा आफूहरु नेपाल फर्किन लागेको गायक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?