+
+

चुनाव प्रसारको क्रममा झडप हुँदा दार्चुलामा २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १७:३९

२७ कात्तिक, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा झडप भएको छ ।

झडपमा परी दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका ६ खेडमा प्रचारप्रसारमा खटिएको सत्ता गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कार्यकर्ता बीच झडप भएको हो ।

झडपमा परी गठबन्धनका कार्यकर्ता नौगाड ६ का ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका वडा नम्बर ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजेश शाहीले जानकारी दिए ।

एमालेको चुनावीसभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्ता रोक्न खोजेपछि झडप भएको एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए । गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको आरोप लगाएका छन् ।

झडपमा परी घाईते भएकामध्ये जयभानसिहको टाउकोमा चोट लागेको छ । उनलाई धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालका डाक्टर पूजा बमले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?