+
+

रसुवामा कांग्रेस-एमाले प्रतिस्पर्धा, निर्णायक माओवादी मतदाता

आचार्यलाई माओवादी केन्द्रको समर्थन छ । तर, तामाङ माओवादी केन्द्रकै भोट लिएर चुनाव जित्ने रणनीतिमा छन् । उनी भन्छन्, ‘माओवादी साथीहरुसमेतको मत पाएर चुनाव जित्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १३:३७

२८ कात्तिक, काठमाडौं । रसुवामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले एकसरो घरदैलो कार्यक्रम सकाएका छन् । निर्णायक मतदातातिर उम्मेदवारहरु केन्द्रित भएका छन् ।

रसुवामा एउटै निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभातर्फ आठ राजनितिक दल र तीन स्वतन्त्र गरी ११ जनाको उम्मेदवार छन् । गत स्थानीय तहको चुनावमा वडा तहमा दलहरुले पाएको मतका आधारमा नेपाली कांग्रेस र नेकपा एमालेको हाराहारी मत देखिन्छ ।

कांग्रेसले ११ हजार ८३९ मत पाउँदा एमालेले ११ हजार ४० मत पाएको छ । तेस्रो दल नेकपा माओवादी केन्द्रले ४ हजार ३९२ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा)ले ५६८, स्वतन्त्रले ४०६ पाएका थिए ।

सता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका मोहन आचार्य उम्मेदवार छन् । आचार्यलाई कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन छ । भागवण्डामा चित्त नबुझाएर नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभामा छुट्टै उम्मेदवारी दिएको छ । नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यका लागि शिवप्रसाद लामिछाने उम्मेदवार छन् ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट छोवाङ तेन्जिन तामाङ उम्मेदवार छन् । गत स्थानीय चुनावमा वडा तहमा पाएको मतका आधारमा रसुवामा कांग्रेस उम्मेदवार आचार्य र एमाले उम्मेदवार तामाङ नै मुख्य प्रतिस्पर्धी हुन् ।

आचार्यलाई माओवादी केन्द्रको समर्थन छ । तर, तामाङ माओवादी केन्द्रकै भोट लिएर चुनाव जित्ने रणनीतिमा छन् । उनी भन्छन्, ‘माओवादी साथीहरुसमेतको मत पाएर चुनाव जित्छु ।’

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रसुवाबाट निर्वाचित आचार्य पनि चुनाव जित्न कठिन नरहेको बताउँछन् । गत स्थानीय तहको चुनावमा दलहरुले पाएको मतका आधारमा पनि समस्या नरहेको उनलाई लाग्छ ।

माओवादी केन्द्रको भोट आफूले शत प्रतिशत पाउनेमा उनी विश्वस्त छन् । स्थानीय तहको चुनावमा वडा तहमा दलहरुले पाएको मतका आधारमा माओवादी केन्द्रले भोट दिँदा आचार्यलाई सहज देखिन्छ । रसुवामा कुल ३९ हजार ४५९ मतदाता छन् ।

प्रदेशसभाका लागि ‘क’ बाट नेपाली काँग्रेसका प्रभात लामा तामाङ उमेदवार छन । नेकपा एमालेबाट कुलप्रसाद भट्ट प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा ‘ख’ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे (जगतजंग) र नेकपा एमाले बाट तेम्बेल तामाङ उम्मेदवार छन् ।

रसुवामा प्रतिनिधिसभामा जस्तै प्रतिस्पर्धा प्रदेशसभा सदस्यका लागि समेत प्रतिस्पर्धा छ । काग्रेसवाट टिकट नपाएपछि सारदा प्रसाद न्यौपाने कांग्रेस (बीपी) बाट प्रदेशसभा ‘ख’ बाट उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?