+
+

‘वाकान्डा फरेभर’ले गर्‍यो हलिउडको उद्धार, विश्वभर ३३० मिलियन डलरको ओपनिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १५:५८

काठमाडौं । ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखला ‘वाकान्डा फरेभर’ले विश्वभर पहिलो सप्ताहन्त ३३० मिलियन डलरको ओपनिङ गरेको छ । उत्तर अमेरिकामा चाहिं फिल्मले १८० मिलियन डलर कमायो ।

कोरोना महामारीले समस्याग्रस्त फिल्म हललाई ‘वाकान्डा फरेभर’ले राहत प्रदान गरेको छ । वाकान्डाले यसअघि सन् २०१३ मा ‘हंगर गेम्स : क्याचिङ फायर’ले राखेको १५८ मिलियनको नोभम्बर महिनाको ओपनिङ कीर्तिमानलाई पनि तोडेको छ ।

तर ‘वाकान्डा फरेभर’को यो सफलताको पछाडि एउटा तीतो यथार्थ छ । किनभने फिल्मका निर्माताले सिक्वेलको छायांकनअघि नै अफ-स्क्रिन त्रासदीको सामना गर्नुपरेको थियो ।

सन् २०१८ मा ‘ब्ल्याक प्यान्थर’लाई आत्मा दिने अभिनेता चाडविक बोसम्यानको क्यान्सरको कारण सन् २०२० मा निधन भएको थियो । वाकान्डा फरेभर फिल्म नै अभिनेता बोसम्यानप्रति श्रद्धाञ्जलीजस्तो पनि देखिन्छ ।

फिल्मका प्रमुख पात्र टी-चाला अर्थात् अभिनेता बोसम्यानको निधनले पनि फिल्मलाई भावनात्मक सम्बन्ध गाँस्ने कार्य गरेको छ । भेराइटी म्यागजिनका समीक्षकले वाकान्डा फरेभरबारे लेखेका छन्, ‘यो फिल्मसँग ढिलो तर एक भावनात्मक रहस्य छ । जब फिल्मले गति लिन थाल्छ, यसपछि फिल्मले छाड्दैन ।’

वाकान्डा फरेभरसँग अन्य बाधाहरु पनि थिए । कोभिड महामारीको समयमै २५० मिलियन डलर बराबरको उत्पादन गरिएको थियो । छायांकन दौरान फिल्मले प्रमुख अभिनेत्री लेटिटिया राइटलाई निलम्बन गर्नुपर्‍यो किनभने चोटले उनी घाइते भएकी थिइन् ।

चार वर्षअघि ब्ल्याक प्यान्थर रिलिज हुँदै गर्दा चीन र रुस विश्वका ठूला फिल्म बजारहरु थिए । तर यतिबेला चीन हलिउडको लागि त्यति पहुँच हुने बजार बनिसकेको छैन । रुस-युक्रेन युद्धको कारण रुसमा हलिउड फिल्महरुले प्रतिबन्ध लगाएको अवस्था छ ।

यसर्थ ‘वाकान्डा फरेभर’ ग्लोबल पावर-हाउस त बन्नेछ, तर अघिल्लो भागले हासिल गरेको १.४ बिलियन डलर बराबरको कमाइ चाहिं सम्भवतः यसले गर्नेछैन । ‘डक्टर स्ट्रेन्ज : मल्टिभर्स अफ म्याडनेस’को १८७.४ मिलियन डलरको कमाइपछि यस वर्ष वाकान्डा फरभेर उत्तर अमेरिकामा डेब्यु गर्ने दोस्रो ठूलो फिल्म थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?