+
+

बुद्ध एयरले पोखराबाट बनारस उडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १७:३०
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल/फाइल तस्वीर

२८ कात्तिक, काठमाडौं । बुद्ध एयरले निर्माणको अन्तिम चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस सिधा उडान गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि बनारस सिधा उडान गर्ने घोषण कम्पनीले सोमबार गरेको हो । सरकारले १ जनवरी २०२३ देखि यो विमानस्थल सञ्चालनमा ल्याउने घोषणा यसअघि नै गरिसकेको छ ।

कम्पनीका अनुसार यो पोखरा–बनारसमा साताको तीन (आइतबार, मंगलबार र बिहीबार) उडान हुने छ । बुद्धले अहिले काठमाडौं–बनारस रुटमा उडान गरिरहेको छ ।

पोखराबाट थप दुई गन्तव्यमा उडानको तयारी

बुद्ध एयरका अनुसार पोखरा विमानस्थलबाट भारतका थप दुई विमानस्थलमा उडान विस्तारको योजना छ ।

एयर ट्राफिक सर्भिस रुटका लागि नेपाल सरकारले भारतीय सरकारसँग पहल गरिरहेका कारण स्लट र रुट स्वीकृत हुनासाथ पोखरा–दिल्ली र पोखरा–देहरादुन रुटमा बुद्धले उडान गर्ने भएको छ । यी दुवै गन्तव्यमा सातामा क्रमशः २ र ३ दिन उडान गर्ने बुद्ध एयरले जानकारी गराएको छ । यी रुटका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाइने बुद्ध एयरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?