+
+

बलिउडको घाटा कम गर्न अक्षयकुमारले पारिश्रमिक घटाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १७:४०

काठमाडौं । आमिर खानको ‘लाल सिंह चड्ढा’ होस् या ठूलो बजेटको ‘शमशेरा’ । आशा गरिएका केही बलिउड फिल्म असफल रहे । यसो हुनुमा केहीले कोरोना महामारी पछाडिको प्रभावलाई कारण बताइरहेका छन् भने केहीले दक्षिण भारतीय फिल्मको उदयलाई ।

जे सुकै भए पनि अक्षयकुमार यी कुरामा विश्वास गर्दैनन् । बरु अक्षयकुमारलाई लाग्छ केही कुरालाई बदल्न सकियो भने बलिउडको बढ्दो घाटालाई कम गर्न सकिन्छ ।

हालै, हिन्दूस्तान टाइम्सले आयोजना गरेको सम्मेलनमा बोल्दै अक्षयले हिन्दी फिल्मले बक्स अफिसमा कमजोर कमाइ गरेकोदेखि दर्शकलाई हलसम्म तान्न असफल भएको बारेमा चर्चा गरे ।

उनले बलिउडले आफूलाई बदल्नु जरुरी रहेको खाँचो औंल्याए । उनले फिल्म निर्माण र त्यसपछिको टिकटको मूल्य कम्तीमा ३० देखि ४० प्रतिशतले घटाउनुपर्ने सुझाव दिए ।

अक्षयकुमारले भने, ‘हामीले कतिपय कुरालाई भत्काउनुपर्छ र पुनर्संरचना गर्नुपर्छ । हामीले सबै कुरा फेरि सुरु गर्नुपर्छ ।’ कलाकारले कम पैसा लिनुपर्ने, टिकटको मूल्य घटाउनुपर्ने र फिल्म निर्माणमा आवश्यक रकम कम गर्नुपर्नेमा उनले जोड दिए ।

आफ्नो पारिश्रमिक पनि घटाउने कुरा अक्षयले गरेका छन् । यसअघि उनले सय करोडदेखि १ सय ३५ करोड भारुसम्म पारिश्रमिक लिंदै आएका थिए ।

‘यदि दर्शक हलमा फर्किउन् भन्ने चाहन्छौं भने हामीले त्यो गर्नुपर्छ,’ उनले भने । सन् २०२२ मा अक्षय अभिनित चार फिल्म सम्राट पृथ्वीराज, रक्षा बन्धन, बच्चन पाण्डे र रामसेतु रिलिज भए ।

यी चारै फिल्मले बक्स अफिसमा औसतभन्दा कम कमाइ गरेका छन् । बडे मिया छोटे मिया र सुरारई पोत्रु उनका आगामी फिल्म हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?