+

विश्वकपका लागि घानाको टिम घोषणा

२०७९ कात्तिक  २८ गते २०:२२ २०७९ कात्तिक २८ गते २०:२२
विश्वकपका लागि घानाको टिम घोषणा

२८ कात्तिक, काठमाडौं । कतारमा अर्को साता सुरु हुने फिफा विश्वकपका लागि घानाले टिम घोषणा गरेको छ । प्रशिक्षक ओट्टो एड्डोले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

एड्डोले नोभेम्बर ४ मा ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए र त्यसैबाट अन्तिम टोली घोषणा गरेका हुन् । टिममा पहिलो गोलकिपर वोल्लाकोट भने छैनन् । विश्वकपअघि अन्तिम क्लब खेलमा औंलाको चोट लागेपछि उनी विश्वकप खेल्ने टिममा परेनन् ।

अनुभवी दाजुभाघ आन्द्रे आयु र जोर्डन आयुसहित थोमस पार्टे, बाबा रहमान र डानिएल मार्टे घानाको टिममा समावेश छन् । समूह एचमा रहेको घानाले नोभेम्बर २४ मा पोर्चुगलसँग पहिलो खेल खेल्नेछ ।

घानाको टिम

गोलकिपर : लवरेन्स एटी जिगी, अब्दुल मानाफ नुरदिन, इब्राहिम डानलड
डिफेण्डर : बाबा रहमान, डानिएल अमार्टे, अलेजान्डर जिकु, जोसेफ अइडो, गिडेओन मेनसाह, डेनिस ओडोई, अलिडु सेइडु, मोहम्मेद सालिसु, तारिक लामपाटे
मिडफिल्डर : आन्द्रे आयु, थोमस पार्टे, मोहम्मद कुडुस, डानिएल कोफी केरेह, एलिशा ओवुसु, डानिएल अफ्रियी, सालिस अब्दुल सामेद
फरवार्ड : जोर्डन आयु, कमलदिन सुलेमाना, अब्दुल फतावु इशाहाकु, ओस्मान बुकारी, इनाकी विलियम्स, एन्टोनी सेमेन्यो, कमल सोवह

 

कतार विश्वकप घाना विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय