+
+

बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १२:३६

२९ कात्तिक, ललितपुर । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरमा दुई जनालाई पक्राउ गरेको छ । गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले १० वर्षीया र ११ वर्षीया बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको प्रहरीको भनाइ छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीलेउनीहरूलाई पक्राउ गरेको र अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?