+
+

हिमालयन डिस्टिलरीले बढायो नाफा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १७:३३

काठमाडौं । महँगी, तरलता अभाव र ब्याजदर वृद्धिका कारण आर्थिक गतिविधिमा सुस्तता आएपनि मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरीले बिक्री आम्दानीसँगै नाफा बढाएको छ । चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा कम्पनीले २१ करोड ५७ लाख ६१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले ३ महिनामा मदिरा बिक्रीबाट १ अर्ब ३८ करोड २४ लाख रुपैयाँ आम्दानी गर्दा उक्त नाफा कमाएको हो ।

गत आर्थिक वर्ष २०६७८/७९ को प्रथम त्रैमासमा कम्पनीले मदिरा बिक्रीबाट १ अर्ब २३ करोड १० लाख ६० हजार रुपैयाँ आम्दानी गर्दा २१ करोड १२ लाख ८२ हजार नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको नाफा १२.२९ प्रतिशतले वृद्धि भएको हो ।

सरकारले अन्तःशुल्क दरमा गरेको वृद्धिसँगै अन्तःशुल्क खर्च वृद्धि तथा अन्य खर्चमा पनि वृद्धि हुँदा कम्पनीको मदिरा बिक्रीको आम्दानी अनुसार नाफा नबढेको हो । चालु आवको प्रथम त्रैमासमा कम्पनी ६२ करोड ६६ लाख ४४ हजार रुपैयाँ अन्तःशुल्क तिर्दा बिक्री खर्च २४ करोड ३६ लाख १७ हजार र उत्पादन लागत ४ करोड २१ लाख २१ लाख १० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जबकी गत आवको प्रथम त्रैमासमा कम्पनीले ५३ करोड ४५ लाख ९ हजार अन्तःशुल्क बुझाउँदा, २१ करोड ५१ लाख ७७ हजार बिक्री लागत र ३ करोड ४५ लाख १७ हजार उत्पादन लागत रहेको थियो ।

कम्पनीले वित्तीय लागत वापत ११ लाख ४७ हजार भुक्तानी गर्दा ६ करोड ६९ लाख ९६ लाख कर्मचारी खर्च रहेको छ । १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा तथा सञ्चित कोषमा १ अर्ब ५४ करोड ३३ लाख ६७ हजार रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ५६ रुपैयाँ ८४ पैसा मूल्य आम्दानी अनुपात ६० गुणा र प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ६४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?