+
+

कतार विश्वकपमा कुल ८३१ खेलाडी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १८:३९

२९ कात्तिक, काठमाडौं । आगामी अर्थात नोभेम्बर २० देखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि कूल ८३१ खेलाडी दर्ता भएका छन् । कतार विश्वकप खेल्नका लागि ३२ राष्ट्रबाट कूल ८३१ खेलाडी छनोट भएका हुन् ।

विश्वकपका लागि मंगलबारसम्म टिम लिस्ट दर्ता गर्नुपर्ने समय थियो । त्यसै अनुसार सहभागी ३२ वटै राष्ट्रले टिम घोषणा गरिसकेका छन् ।

मंगलबार फिफाले सबै टिमको सूची सार्वजनिक गर्दै कूल ८३१ खेलाडी रहेको जनाएको छ । इरानले २५ सदस्यीय टिम घोषणा गरेको छ भने बाँकी सबैले २६ जनाको टोली घोषणा गरेको छ । विश्वकपमा अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउने नियम भए पनि इरानले २५ जनाको टोली घोषणा गरेको हो ।

यसअघि २३ जनाको टोली रहँदै आएकोमा यस पटक संख्या बढाइएको हो । कोभिड(१९ पछि अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलाडी राख्न थालिएको थियो र विश्वकपमा पहिलो पटक हरेक टिममा २६ खेलाडी राखिएको हो ।

विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी लगातार पाँचौ पटक विश्वकप खेल्ने तयारीमा छन् । त्यसमध्ये मेसीले अहिलेसम्म विश्वकपमा १९ खेल खेलेका छन् । यदि उनको टिम अर्जेन्टिना कतार विश्वकपको फाइनल पुगेमा र मेसीले सबै ७ खेल खेलेका उनी सर्वाधिक खेल खेल्ने खेलाडीसमेत हुनेछन् ।

अहिले विश्वकपमा सर्वाधिक २५ खेल खेल्ने कीर्तिमान जर्मनीको लोथर म्याथ्युजको नाममा छ ।

कतार विश्वकपका खेल्नका लागि घोषणा भएका मध्ये सबैभन्दा पाका खेलाडी क्यानडाका अतिबा हुचिनसन हुन् । ३९ वर्ष २८५ दिनका उनी सबैभन्दा पाका कप्तान समेत हुन् ।

यस्तै सबैभन्दा युवा खेलाडी जर्मनीका युसोफा माउकोको हुन् । उनी १८ वर्षका छन् । यस्तै सबैभन्दा कान्छा कप्तान इंग्ल्याण्डका ह्यारी केन हुन् । उनी २९ वर्ष ११५ दिनका भए ।

यसैगरी सबैभन्दा बुढा प्रशिक्षक नेदरल्याण्ड्सका लुइ भान हाल हुन् । उनी ७१ वर्ष १०४ दिनका भए । सबैभन्दा कान्छा प्रशिक्षक अर्जेन्टिनाका लिओनल स्कालोनी ४४ वर्ष १८८ दिनका भए ।

अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी र कप्तान मेसीले २००६ को विश्वकपमा सँगै खेलेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?