+
+

विकास बैंक र फाइनान्सले ब्याजदर घटाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १८:५७

२९ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेपनि विकास बैंक र वित्त कम्पनीले भने घटाउने भएका छन् । मंगलबार बसेको बैठकले ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पाख्रेलले बताए ।

निक्षेपको सबै प्रोडक्टमा ०.१५ प्रतिशत बिन्दुका दरले ब्याजदर घटाउने निर्णय भएको उनले बताए । असोजदेखि राष्ट्रिय स्तरका विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशत र बचतमा न्यूनतम ८ प्रतिशत ब्याज दिंदै आएका थिए । तर, अब १ मंसिरदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्दा व्यक्तिगत मुद्दतीमा अधिकम १२.८५ प्रतिशत र बचतमा न्यूनतम ७.८५ र अधिकतम ९.८५ प्रतिशत ब्याजदर दिने उनले बताए ।

वित्त कम्पनीहरुले पनि हाल ३ महिनाको मुद्दती निक्षेपमा १३.२० प्रतिशत ब्याजदर दिंदै आएकोमा १ मंसिरदेखि १३ प्रतिशतमा झार्ने निर्णय गरेको नेपाल वित्तीय संस्था संघका अध्यक्ष समेत रहेका गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए । यस्तै १ वर्षको मुद्दती निक्षेपमा १३.४५ प्रतिशत रहेको ब्याजदर १ मंसिरदेखि १३.३० प्रतिशतमा झार्ने निर्णय भएको उनले बताए । बचतमा पनि अब न्युनतम ८.३० प्रतिशत ब्याजदर कायम हुने अध्यक्ष तुलाधरले बताए ।

आझै बसेको बैंकर्स संघको बैंठकले भने निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरको छ । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत र बचतमा न्यूनतम ७.१३ प्रतिशत ब्याज दिंदै आएका छन् । निक्षेपमा सुधारसँगै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) रेसियोमा सुधार भएपछि ब्याजदर घटाउन निर्णय भएको विकास बैंक र वित्त कम्पनीहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?