+
+

नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

सुवास पण्डित सुवास पण्डित
२०७९ कात्तिक ३० गते २०:१६

३० कात्तिक, चितवन । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई  जिल्ला निर्वाचन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ ।

लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए । सोही उजुरीका विषयमा लामिछानेलाई ७ दिनभित्र जवाफ पठाउन पत्र दिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

आयोगले ‘नागरिकताको विषयमा तपाईंमाथि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज किन नगर्ने’ भनी सोधेको छ । सो स्पष्टीकरण लामिछानेको सचिवालयले बुझेको थापाले बताए ।

लामिछानेलाई सोधिएको स्पष्टीकरणमा उजुरी र उजुरीकर्ताले दिएका केही प्रमाणसमेत संलग्न गरी पठाएको उनले जानकारी दिए । लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गर्दा र उम्मेदवारी दर्ता गर्दा अमेरिकी नागरिकता लिएपछि खारेज भएको नेपाली नागरिकता पेश गरेको दावी उजुरीमा छ । उनले पुनः नागरिकता कायम गराउन आवश्यक प्रक्रिया पूरा नगरेको उजुरीमा उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृत थापाका अनुसार लामिछानेले एक सातामा जवाफ पठाउनुपर्छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?