+
+

जब राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बज्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते ११:३८

काठमाडौं । बुधबार भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ कार्यक्रम एक रमाइलो किस्साले चर्चित बन्यो ।

गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलको हामी’ बज्यो । गीत बज्दा सबै उभिए । सुरुमा त गान्धीसहित सबैजना सहज पनि देखिए । केही क्षणपछि असमञ्जस्यताको स्थिति देखियो ।

बजिरहेको नेपालको राष्ट्रिय गानलाई रोक्दै गान्धीले भारतको गीत ‘जनगणमन’ बजाउन निर्देशन दिए । फेरि पनि गान्धीले राष्ट्रिय गीत बजाउन भने दोस्रोपटक पनि नेपालको राष्ट्रिय गीत बज्यो ।

हुन त यो प्राविधिक गल्ती थियो तर यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । केही समयको अन्योलपछि बल्ल भारतको राष्ट्रिय गान बज्यो । यो किस्सालाई लिएर राहुल गान्धी ट्रोल बनिरहेका छन् ।

महाराष्ट्र राज्यको वासिम भन्ने ठाउँमा आयोजित उक्त कार्यक्रममा गान्धीले ३० मिनेटको भाषण पनि दिए । नेता गान्धी यतिबेला भारतीय कांग्रेसलाई गाउँसँग जोडने भन्दै भारत जोडो यात्रामा निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?