+
+

‘एभेन्जर्स’ र ‘थोर’ अभिनेता क्रिस हेम्सवर्थले हलिउड करिअरबाट विश्राम लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ३ गते १४:३८

काठमाडौँ । ‘थोर’ र ‘एभेन्जर्स’जस्ता चर्चित हलिउड फिल्मका अभिनेता क्रिस हेम्सवर्थका प्रशंसकलाई केही दुःखद खबर छ ।

बिरामी भएको कारण यी अभिनेताले फिल्म अभिनयबाट विश्राम लिने भएका छन् । यो कुरा स्वयम अभिनेता हेम्सवर्थले खुलासा गरेका हुन् ।

क्रिसले यसअघि नै बताएअनुसार उनी वंशाणुगत अल्जाइमर रोगबाट पीडित छन् । हलिउडका लोकप्रिय अभिनेतामा क्रिस पनि एक हुन् । संसारमा उनका करोडौं प्रशंसक छन् ।

अभिनयको माध्यमबाट उनले ठूलै संख्यामा दर्शकको मन जितेका छन् । उनका फिल्मले नेपाली बक्सअफिसमा समेत राम्रै कमाएका छन् । उनी अभिनित हलिउड सुपरहिरो फिल्म ‘थोर ः लभ एण्ड थन्डर’ हालै प्रदर्शनमा आएको थियो ।

टेलिभिजनको हालैको एक ताजा एपिसोड ‘लिमिटलेस’मा अभिनेता हेम्सवर्थले यो कुरा बताएका हुन् । उनका अनुसार उनमा यो बिमारीको एक बलियो लक्षण देखिएको छ ।

दस वर्षदेखि नै आफूलाई यो रोगको लक्षण देखिन थालेको उनले बताएका छन् । तर, यसको कारण उनले काम छोड्नु चाहिँ परेन । घरमा गएर आफूले शान्तिपूर्वक बाँकी जीवन बिताउन चाहेको उनले बताएका छन् ।

‘अबको समय म बच्चा र पत्नीसँग बिताउन चाहन्छु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?