+
+

प्रधानमन्त्री पदकै लागि गठबन्धन टुट्दैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ७:२१
फाइल तस्वीर

४ मंसिर, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन् ।

चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ ।’

प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताएका छन् । चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने बताए ।

पत्रकारको प्रश्नमा उनले भने, ‘चितवन छोडेको होइन । गोरखा गएको हो । यो मेरा लागि चुनौती पनि हो अवसर पनि हो ।’

प्रचण्डले क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नं. १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यसअघि चितवन ३ बाटै निर्वाचित भइका उनी यसपटक भने गोरखा-२ मा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?