+
+

मतगणना आज रातिबाट : प्रमुख निर्वाचन आयुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ७:५९
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया मतदान गर्दै । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर ।

४ मंसिर, काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने जानकारी दिएका हुन् ।

आज बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले भने, ‘आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ ।’

हिमाली जिल्लामा भने मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट नै मतगणना सुरु गर्ने बताए । निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए ।

उनले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताए । उहाँले मंसिर २२ गते भित्र सबै नतिजा राष्ट्रपतिलाई बुझाइने जानकारी दिए ।

सुरक्षा, व्यवस्था, मतदान केन्द्रमा गरिएको सम्पूर्ण व्यवस्था चुस्त बनाइएको भन्दै ढुक्क भएर मत खसाल्न आह्वान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?