+
+

गोरखाको रानीवन मतदानस्थल नजिकै शंकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ८:५२

४ मंसिर, गोरखा । गोरखाको एक मतदान स्थल नजिकै शंकास्पद वस्तु फेला परेको छ । गोरखा नगरपालिका-८ रानीवनस्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखि ६५ मिटर टाढा तार जडान गरिएको कुकर भेटिएको प्रहरीले जनाएको छ ।

‘कुकरमा तार जडान गरेर टेपले बाँधेको छ,’ प्रहरी निरिक्षक हिमनाथ घिमिरेले भने । उनका अनुसार बिहान सवा ६ बजे उक्त शंकास्पद वस्तु देखिएको थियो ।

अहिले नेपाली सेनाको डिस्पोजल टोलीसहित सशस्त्र र जनपथ प्रहरीको थप टोली समेत सो स्थानमा खटिएका छन् । उक्त मतदान स्थलमा मतदान भने जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?