+
+

मतदान केन्द्रभित्र पटका पड्केपछि स्थगित भएको बुढीगंगाकाे मतदान पुन: सुरु

कुलदीप न्यौपाने कुलदीप न्यौपाने
२०७९ मंसिर ४ गते १२:२५
फाइल तस्वीर ।

४ म‌ंसिर, काठमाडौं । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।

आइतबार बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्र भित्र पटका पटकिएकाे थियाे । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

पटेका पट्किएपछि अवरुद्ध भएकाे मतदान पुनः सुरु भएको माेरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । ‘केही समय मतदान अवरुद्ध भएको थियाे,’ उनले भने, ‘सबै क्लियर गरेर मतदान सुरु गरेका छाैं ।’

लेखकको बारेमा
कुलदीप न्यौपाने

न्यौपाने नेपाल पत्रकार महासंघ दाङ जिल्ला सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?