+
+

१२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १३:१५

४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए ।

यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०/११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?