+
+

रामेछापमा भोट खसालेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १६:१३

४ मंसिर, काठमाडौं । रामेछापको एक मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । लिखु तामाकोसी गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ठगबहादुर सुनुवारको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष केशव महतका अनुसार  भोट खसालेर मतदान स्थलबाट बाहिर निस्कने वित्तिकै उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?