+
+

गुल्मी-२ को मतगणना ११ बजेदेखि हुने, सर्वदलीय बैठक बस्दै 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १०:०६

५ मंसिर, गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत गुल्मी क्षेत्र नम्बर २ को मतगणना गर्न ११ सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । मतगणनाका लागि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय गुल्मीमा सर्वदलीय बैठक आह्वान गरिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत शिवबहादुर थापाले बताए ।

मतगणना गर्न जिल्लाका विभिन्न स्थानबाट जिल्ला सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पसमा मतपेटिका राखिएको छ । गुल्मी-२ मा १ लाख ४ हजार ३२७ मतदातामध्ये ५८ हजार ७७३ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा ५६ प्रतिशत मत खसेको थियो ।

क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि एमालेबाट गोकर्ण बिष्ट र गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री मुख्य प्रतिस्पर्धी मानिएका छन् । त्यस्तै प्रदेशसभा २ (क) तर्फ एमालेबाट डिल्लीराज भुसाल र गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेशसभा २ (ख) मा एमालेबाट दिनेश पन्थी र गठबन्धनबाट माओवादीका बुद्धि जीसीबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?