+
+

स्याङ्जा-२ का ४ मतदान केन्द्रमा पुन: मतदान गर्न एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १३:३०

५ मंसिर, काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–२ को ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी छन् ।

आइतबार पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिएर आफूखुशी मतदान गरेको भन्दै ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी हुन् ।

सत्तारुढ गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रलाई नियन्त्रणमा लिएर, हुल हुज्जत गरेर, डर धाक धम्की देखाएर मतपत्र कब्जामा लिएर मतदान अधिकृतको सही गराउँदै मतपेटिकामा खसालेको सचिव अर्यालले बताइन् । बुथ कब्जा भएका मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खसेको देखिएको पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?