
नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का ।
५ मंसिर, इलाम । इलाममा मतगणना सुरु भएको छ । इलाम क्षेत्र नं. २ को इलाम सदरमुकामस्थित गौतम बुद्ध सभा गृहमा मतगणना सुरु भएको हो । क्षेत्र नं. २ को ‘ख’ बाट मतगणना थालिएको छ ।
जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फुयालका अनुसार इलाम २ मा १ लाख ९ हजार ५३५ मतदाता रहेकोमा ५९ हजार १३६ मत खसेको थियो ।
इलाम क्षेत्र नं. २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासहित प्रतिनिधि सभाका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4