+
+

रुपन्देही ५ मा बासुदेवको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ७:३९

६ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नं ५ प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले अग्रता लिएका छन् ।

१३ हजार मतको गणना हुँदा घिमिरेले पाँच हजार ७० र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले चार हजार ७५२ मत पाएका छन् ।

यो क्षेत्रमा शाहले लगातार तीन पटक जितेका छन् ।

प्रदेश सभा (१) मा एमालेकै भूमिश्वर ढकालको अग्रता छ । ढकालले तीन ६५९ मत पाएका छन् भने माओवादी केन्द्रका विनोद पहाडीले तीन हजार ३६० मत पाएका छन् ।

यस्तै हाम्रो नेपाली पार्टीका कमल ढकालले दुई हजार ६६० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश सभा (२) मा भने जनमत पार्टीका सीके गुप्ताले अग्रता लिएका छन् । गुप्ताले ४९८३ मत पाउँदा नेपाली कांग्रेसका फखरुद्दिन खाँनले तीन हजार ८७१ मत पाएका छन्।एमाले उम्मेदवार रामचन्द्र यादवले एक हजार ५९९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?