+
+

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ८:४५

६ मंसिर, जनकपुरधाम । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिका ६ बस्ने २५ वर्षीय सुनिल आले मगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई मलंगवा अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ जंगलमा प्रदेश नं.२-०३-००४ प ७८८४ र ज ११ प ८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना भएको थियो ।

मोटरसाइकलमा पछाडि सबार कलैया नगरपालिका ३ ब्रम्हपुरी बस्ने ३२ वर्षीय अजय कुमार पटेल, २४ वर्षीया रुबिना तामाङ र २४ वर्षीया युवराज राई घाइते भएका छन् ।

घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?