+
+

सुर्खेत २ मा हृदयराम थानीको निरन्तर अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १०:०६

६ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम राखेका छन् ।

क्षेत्रको २७ हजार १५६ मत गणना हुँदा थानीले निरन्तर अग्रता लिएका हुन् । थानीले १२ हजार ३८५ मत पाएका छन् । उनका प्रतिष्पर्धी एमालेका अमृतकुमार बिसीले १० हजार ७७४ मत ल्याएका छन् ।

पटकपटक चुनाव जितेका थानी पूर्व सहकारीमन्त्री समेत हुन् भने सहकारी अभियन्ता बिसी पहिलो पटक निर्वाचन लडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?