+
+

काठमाडौं-३ (ख) मा कांग्रेसका ठकुरीको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ११:१९

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका विमल ठकुरीले अग्रता कायमै राखेका छन् । उनले ६ हजार ८९१ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका रामेश्वर फुँयालले ३ हजार ५२ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल सुनार छन् । उनले २ हजार १६४ मत ल्याएका छन् । नेकपा माओवादीका महेश्वर फुँयालले ३३९ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा (क) मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा विजयी भइसकेका छन् । ४ हजार ५५८ मत ल्याएर लामा विजयी हुँदा नेकपा एमालेका चन्द्रमान लामाले ३ हजार ४१५ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?