+
+

डिल्लीबजार मालपोतका तत्कालिन उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १३:१८

६ मंसिर, काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

उनले काठमाडौं महानगरपालिका–१६ को कित्ता नं १३९९ को ९१.३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले बताएको छ । अख्तियारले उनीसँग २१ लाख ३० हजार ३८१ रुपैयाँ विगो माग गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

तत्कालिन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालिन नायब सुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसाल र जग्गाधनी बन्ने भक्तरत्न तुलाधरविरुद्ध पनि अख्तियारले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?