+
+

चितवनमा अघि लागे रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १४:३७

६ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।

लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् । ढकालले ६ हजार ३६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले ५ हजार ३९९ र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. विश्वनाथ पौडेलले ५ हजार २९५ मत पाएका छन् ।

यसैगरी चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डे अगाडि छन् । उनले ४ हजार ७७० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बराल ३ हजार ९७७ मतसहित दोस्रो स्थामा छन् । पाण्डे र बरालबीच ७९३ मतको अन्तर छ ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले ३ हजार ८२५ मत पाएका छन् । नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको पक्षमा ३ हजार १७३ मत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?