+
+

मोरङ-२ मा सुजाताले लिइन् अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १६:१०

६ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालाले अग्रता लिएकी छन् । यसअघि एमाले उम्मेदवार ऋषिकेश पोखरेल निरन्तर अग्रता लिएका थिए । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको समेत उम्मेदवार रहेकी कोइरालाले ४ हजार ३७० मतसहित अग्रता लिएकी हुन् ।

एमाले उम्मेदवार ऋषिकेश पोखरेलले ४ हजार ३१३ मतसहित उनलाई पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ४३० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?