+
+

दाङ २ अपडेट : रेखा शर्मा झण्डै दुई हजार मतान्तरले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १७:३८

६ मंसिर, दाङ । दाङ २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले झण्डै दुई हजार मत अन्तरले अग्रता लिएकी छन् ।

२३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् ।
रेखा र शंकरबीचको मत अन्तर १८४२ छ ।

रेखाले शंकर पोख्रेलसँग सुरुदेखि नै अग्रता बनाइरहेकी छन् । पछिल्लो समय उनको मतअन्तर पनि थोरै संख्याले बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?