+
+

गुल्मी-१ मा राति १० बजेदेखि मतगणना हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १७:५१
फाइल तस्वीर

६ मंसिर, गुल्मी । गुल्मी–१ मा मंगलबार राति १० बजेदेखि मतगणना हुने भएको छ ।

मंगलबार अर्बेनीस्थित मतदान केन्द्रमा पुनः मतदान भएपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । मंगलबार साँझ नै सर्वदलीय बैठक चलिरहेकाले राति १० बजेदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

मतगणना जिल्ला सदरमुकाम तम्घासको सडक पूर्वाधार कार्यालयमा गरिने भएको हो । यस निर्वाचन क्षेत्रको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा आज मात्रै पुनः मतदान गरेकाले मतगणना गर्न ढिलाइ भएको हो ।

अहिले त्यस मतदान केन्द्रमा मतदान सकेर मतपेटिका जिल्ला सदरमुकाम तम्घास ल्याइदैछ । यस क्षेत्रमा १ लाख १९ हजार २८८ जना मतदाता रहेकोमा ६९ हजार ६८३ जनाले मतदान गरेका थिए ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि एमालेबाट प्रदीप ज्ञवाली र गठबन्धनबाट कांग्रेसका डाक्टर चन्द्र भण्डारी बिच प्रतिस्पर्धा रहेको छ । क्षेत्र नम्बर २ को भने मतगणना चलिरहेको छ । यसक्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?