+
+

कपिलवस्तुका २ क्षेत्रमा एमाले र एउटामा कांग्रेसको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १८:०४
फाइल तस्वीर

६ मंसिर, कपिलवस्तु । कपिलवस्तुका ३ निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा निवर्तमान सांसद पछाडि परेका छन् । निवर्तमान सांसद चक्रपाणि खनाल, बृजेशकुमार गुप्ता र अभिषेकप्रताप शाह पछाडि परेका छन् । क्षेत्र नम्बर १ र ३ मा नेकपा एमालेले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा कांग्रेसले अग्रता लिएको छ ।

क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका खनाललाई पछि पार्दै एमालेका बलराम अधिकारी र क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई पछि पार्दै एमालेका मंगलप्रसाद गुप्ताले अग्रता बनाएका छन् ।

अधिकारीको ४ हजार ३५२ मत र माओवादी केन्द्रका खनालले २ हजार ९४६ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ३ मा गुप्ताले ३ हजार ६४८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले ३ हजार २७२ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यको अग्रता कायम छ । आचार्यले ५ हजार ७८७ मत प्राप्त गर्दा नेकपा एमालेका वृजेशकुमार गुप्ताले ४ हजार ६७५ मत ल्याएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा ९२ हजार ४९०, क्षेत्र नम्बर २ मा ८४ हजार ४२९ र क्षेत्र नम्बर ३ मा ७८ हजार ६८ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?