+
+

विश्वकपमा अर्जेन्टिनालाई हराएको खुसीमा साउदी अरेबियामा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ०:१२

७ मंसिर, काठमाडौं । विश्वकप फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना विरुद्ध पुनरागमन गर्दै शानदार जित हासिल गरेपछि साउदी अरेबियामा आज (बुधबार) सार्वजनिक विदा घोषणा भएको छ ।

अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियाका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले बुधबार सार्वजनिक विदाको घोषणा गरेका हुन् ।

समूह सी अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको थियो ।

कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्दै सुरुवाती दश मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाए पनि दोस्रो हाफमा साउदीले शानदार पुनरागमन गरेको थियो ।

साउदी अरेबियालाई अर्जेन्टिनाविरुद्ध पहिलो पटक जित दिलाउन सालेह अल शेहरी र सालेम अल दावसरीले गोल गरेका थिए ।

ऐतिहासिक जितपछि साउदीमा बुधबार सबैखाले कामदारलाई छुट्टी दिइने छ । यस्तै सार्वजनिक र निजी स्कुल बन्द हुनेछन् । विश्वकपमा साउदी अरेबियाले चौथो जित निकाल्दा अर्जेन्टिनाको भने लगातार ३६ खेलमा अपराजित यात्रा टुङ्गिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?