+
+

भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवालले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १:४८

७ मंसिर, भक्तपुर । भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अग्रता लिएको छ । यहाँ मतगणना सुरु हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र त्यसपछि नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका थिए ।

पछिल्लो मत परिणामअनुसार नेमकिपाका प्रेम सुवाल १० हजार ५२ मतसहित पहिलो स्थानमा आएका छन् । एमालेका नवराज गेलालले ९ हजार ५२६ महतसहित पछ्याइरहेका छन् ।

राप्रपाका भरतबहादुर खड्काले ७ हजार ७४८ र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ३ हजार ५१७ मत पाएका छन् । भुक्तपुर–१ लाई नेमकिपाको प्रभाव क्षेत्र मानिन्छ । यस क्षेत्रबाट २०७४ सालमा नेमकिपाकै प्रेम सुवाल निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?