+
+

मधेशका मुख्यमन्त्री राउत प्रदेशसभा सदस्यमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २:०५

७ मंसिर, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

मंगलबार मध्यरातमा सार्वजनिक मतगणनाको नतिजा अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार राउत पर्सा–१ (२) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले ७ हजार ५४५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?