+
+

यस्तो छ क्रिस्टियानो रोनाल्डोको खानपान : चुरोट, रक्सी छुँदैनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १२:०७

विख्यात फुटबलर क्रिस्टियानो रोनाल्डो खानपानप्रति एकदमै सजग छन् । उनी रक्सी र चुरोट छुँदैनन् । चीनी खाँदैनन् ।

उनका पिताको मृत्यु रक्सीको कारण भएको थियो । पिता पियक्कड थिए । बढी रक्सी पिएकै कारण उनले ज्यान गुमाउनुप¥यो । उनका पिता जोजे डिनिस अभेइरो नगरपालिकामा माली थिए । आमा भने खाना बनाउने काम गर्थिन् । उनका आमा क्यान्सरका रोगी हुन्, जो उपचारपछि सामान्य जीवनयापन गरिरहेकी छिन् ।

रोनाल्डोको खानपान

उनले आफ्नो खानपानबारे भनेका थिए, ‘म उच्च प्रोटिनयुक्त खानेकुरा रुचाउँछु, कार्बोहाइड्रेडयुक्त अन्न, फलफूल र सागसब्जीसहितको । चिनीयुक्त खानेकुरा खाँदिन । राम्रो वर्कआउटको लागि सही डाइटको संयोजन जरुरी हुन्छ ।’

रोनाल्डोको लागि डाइट एकदमै महत्वपूर्ण हुन्छ । किनभने आफुलाई गतिशिल, चुस्त, जवान बनाइराख्न उनले खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । नियमित गर्नुपर्ने खेल अभ्यास, वर्कआउट । खेल मैदानमा जस्तै कडा किसिमको व्यायाम गर्नुपर्छ ।

रियल म्याड्रिडमा खेल्न थालेदेखि नै उनले एक निजी पोषणविद् राखेका थिए । उनी थोरै थोरै तर धेरै पटक खानेकुरा खाने गरेको बताइन्छ । दिनभरमा उनले करिब ६ पटक खानेकुरा खाने उल्लेख गरेका छन् । उनको खुराकमा माछा अटुट रहन्छ । उनी विभिन्न प्रकारका माछाको परिकार रुचाउँछन् । यतिसम्म कि उनको मनपर्ने परिकार पोर्चुगली काँडायुक्त माछाबाट बन्छ । त्यसमा प्याज, काटेको आलु, केही अन्डा र ओलिभ आयल हुन्छ ।

उनी जुस पिउँछन् । उनको डाइटमा कार्बोहाइड्रेट मिश्रित पेय हुन्छ, जुन उनी आफ्नो ट्रेनिङको बेला खान रुचाउँछन् । यसमा इलेक्ट्रोलाइटका साथै भिटामिन वि १२ को मिश्रण हुन्छ । रोनाल्डोको नास्तामा कम फ्याटयुक्त दही हुन्छ । साथै उनी पर्याप्त ताजा फलफूल सेवन गर्छन् ।

रोनाल्डोलाई कुखुराको मासु पनि औधि मन पर्छ । उनले यसलाई ‘म्याजिक फुड’ भन्ने गरेका छन् । उनी ओलिभ अर्थात जैतुन पनि सेवन गर्न रुचाउँछन्, जसबाट राम्रो फ्याट मिल्छ । लन्च जस्तै डिनरलाई पनि उनले दुई भागमा विभाजन गरेका छन् । साँझ उनी नास्ता लिन्छन्, जसमा ताजा फल र एभोकाडोको टोस्ट हुन्छ । रातीको खानामा ताजा माछाको परिकार हुन्छ ।

यूरोपियन हुनुको नाताले रोनाल्डोको मूख्य परिकार मांसाहार हो । साथसाथै उनी फलफूल पनि पर्यापत सेवन गर्छन् । नियमित तालिम र व्यस्त रहनुपर्ने भएकाले पनि खानामा यस किसिमको सन्तुलन मिलाउने गर्छन् ।

फिटनेस र फुटबलमा खास लगाव

उनको  सफलताको पछाडि उनको संघर्ष, निरन्तर मिहेनत, दृढता र आत्माविश्वास पनि जोडिएको छ । आफ्नो खेल जीवनलाई सधै लयमा राख्नका लागि उनले अनुशसित दिनचर्या पालना गर्ने गरेका छन् । उठ्ने, सुत्ने, खाने, बस्ने, व्यायाम गर्ने कुरालाई उनले व्यवस्थित गरेका छन् ।

रोनाल्डोलाई फिटनेस र फुटबलसँग एकदमै ठूलो लगाव छ । त्यसैले यी कुराका लागि उनी अरु केही सम्झौता गर्न चाहँदैनन् ।

ट्याटु खोपाउँदैनन्

अहिलेको समयमा खेलाडीको शरीरमा ट्याटु देख्नु सामान्य कुरा हो । फुटबल स्टारकै कुरा गरौं न । डेभिड बेकह्यामदेखि लियोनल मेस्सीसम्मको शरीरभर ट्याटु छ । यद्यपि रोनाल्डो भने ट्याटु खोपाउन चाहँदैनन् । किन ?

किनभने उनी नियमित जसो रक्तदान गर्छन् । उनी बर्षमा दुई पटक रक्तदान गर्छन् । यसैले उनले ट्याटु नखोपाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?