+
+

रोल्पाबाट प्रदेश सभामा महरा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १२:०८

७ मंसिर, रोल्पा । रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी भएका छन ।

सत्ता गठबन्धनबाट  उम्मेदवार बनेका महरा १९ हजार ४२५ मत प्राप्त गरि विजयी भएका हुन । उनले निकतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका छन ।

एमालेका बुढाथोकीले ५ हजार ४०५ मत प्राप्त गरेका छन । संविधान सभा सदस्य रहेका महरा लामो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव थिए ।

दश वर्ष लामो सशस्त्र द्धन्दमा सुरुदेखि नै सहभागी भएका महरा पूर्व शिक्षक समेत हुन । उनी नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?