+
+

एनसेलले ल्यायो नयाँ प्रिपेड प्लान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १३:२३

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नयाँ प्रिपेड प्लान ल्याएको छ । ग्राहकले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याक सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरु आइतबार (४ मंसिर ) देखि सञ्चालनमा आएको समेत कम्पनीले जनाएको छ । ग्राहकले सजिलोको कर सहित९७ रुपैयाँ, सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्ने भएका छन् ।

स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्ने भएका छन् । यसमा रु. १० मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएस छ । यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित रु. १.६२ प्रति मिनेटमा कल, रु. १ मा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक रु. १ मा पठाउँन सक्ने कम्पनीको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुका लागि सहयात्री प्लान रहेको छ । यो प्लान अन्तर्गत ग्राहकले रु. १० मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्दछन् ।

सहयात्री प्लान अन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् । यस सेवा अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफुले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्ने समेत कम्पनीले जनाएको छ । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्छन् ।

स्टार्टर प्याकमा युवा वर्गलाई लक्षित गरी प्लान ल्याइएको छ । यो प्लान अन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसिमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् ।

यी सबै स्टार्टर प्याकहरुमा पहिलो रिचार्ज अफर पनि रहेको बताइएको छ । यो योजना अन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्य राति सम्म रु. २०० र सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्ने बताइएको छ । प्राप्त बोनस पे एज यू गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम ३ दिनको लागि मान्य रहन्छ ।

नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले रु. १००, रु. ५०० र रु. १००० का तीन प्लानहरु प्रदान गर्दै आएको छ । रु. १०० को प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् । रु. ५०० को प्लानमा पर्यटकले रु. ५० मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन् । त्यस्तै रु. १००० को प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले रु ५० मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसिमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?