+
+

चीनमा ‘अवतार २’लाई रिलिज अनुमति, भारतमा पहिलो शो राति १२ बजे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १४:२८

काठमाडौं । विश्वकै ठूलो फिल्म बजार चीनले बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’लाई प्रदर्शनको अनुमति दिएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी स्टुडियोले चिनियाँ सामाजिक संजाल वेइबोमार्फत यसबारे जानकारी दिएको हो ।

‘अवतार २’ सँगै अर्को हलिउड फिल्म ‘मिनिओस’ सिक्वेल र सोनीको ‘ह्वेयर द क्रडास सिंग’ले चीनको मेनल्यान्डमा प्रदर्शन अनुमति पाएका छन् ।

यसैबीच, भारतमा फिल्मको अग्रिम टिकट विक्री सुरु भएको छ र राती १२ बजे पहिलो शो निर्धारण गरिएको छ । नेपालमा पनि फिल्म पुस १ गते रिलिज हुँदैछ ।

सन् २००९ मा अवतारको पहिलो श्रृंखला रिलिज भएको थियो । प्रदर्शनको १३ वर्षपछि दर्शकमा दोस्रो श्रृंखलालाई लिएर व्यापक उत्साह छ । निर्देशक जेम्स क्यामरुनले ‘अवतार २’लाई संसारकै महंगोमध्येको एक फिल्म बताएका छन् ।

उनका अनुसार फिल्मले लगानी उठाउन मात्र २ बिलियन डलर कमाइ गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?