+

पेप ग्वार्डिओला २०२५ सम्म म्यानचेस्टर सिटीमै रहने

२०७९ मंसिर  ७ गते १६:५२ २०७९ मंसिर ७ गते १६:५२
पेप ग्वार्डिओला २०२५ सम्म म्यानचेस्टर सिटीमै रहने

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओला क्लबसँग सम्झौता नवीकरण गरेका छन् । ग्वार्डिओलाले बुधबार दुई वर्षको सम्झौता नवीकरणमा हस्ताक्षर गरेको सिटीले जनाएको छ ।

सम्झौतापछि अब ग्वार्डिओला सन् २०२५ सम्म सिटीमै रहनेछन् । सन् २०१६ मा सिटीको व्यवस्थापक बनेका ५१ वर्षीय स्पेनिस प्रशिक्षकले सिटीलाई चार पटक प्रिमियर लिगको उपाधि जिताइसकेका छन् । यस्तै चार लिग कप र एफए कप पनि जितेका छन् ।

‘म्यानचेस्टर सिटी फुटबल क्लबमा पेपको यात्रा निरन्तर हुँदा म खुसी छु,’ सिटीका अध्यक्ष खाल्दुन अल मुबारकले विज्ञप्तिमा भनेका छन् ।

यस्तै ग्वार्डिओलाले पनि अर्को दुई वर्ष सिटीमा रहने खबरले उत्साहित रहेको बताए । ‘पहिलो दिनदेखि नै मैले यहाँ विशेष अनुभव गरिरहेको छु । म अझ राम्रो ठाउँमा हुन सक्दिनँ,’  ग्वार्डिओलाले भने, ‘म सिटीमा अर्को दुई वर्ष बस्दैछु भन्दा खुसी छु,’ सिटीमा ६ वर्ष बिताउँदा कुल ११ ट्रफी जितिसकेका ग्वार्डिओलाले भने ।

उनले सिटीको आगामी यात्रा अझ रमाइलो हुने विश्वास राखेका छन् ।

ग्वार्डिओलालको प्रशिक्षणमा सिटीले कुल ३७४ खेल खेलेको छ । जसमा २७१ खेल जितेको छ । यस अवधिमा सिटीले ९२१ गोल गरेको छ । ग्वार्डिओला सिटीका लागि धेरै खेलमा प्रशिक्षक हुनेमा दोस्रो स्थानमा छन् । लेस म्याकडोनाल्डले १९५० देखि १९६३ सम्म ५८७ खेलमा सिटीका प्रशिक्षक थिए ।

पेप ग्वार्डिओला म्यानचेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय