+
+

धादिङ-१ मा अग्रता बढाउँदै राजेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १७:५८

७ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बढाएका छन् ।

पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तर कायम गरेका छन् ।

पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ७ हजार ५६८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?