+
+

जुम्लाबाट कांग्रेसका बागी देवेन्द्र शाही प्रदेशसभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ०:४४

८ मंसिर, जुम्ला । जुम्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेसका नेता देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्ला (१) को कुल खसेको २४ हजार ६ सय ५५ मतको गणना सकिएको छ । जसमा शाहीले ९ हजार ६ सय ५४ मत ल्याएर विजयी बन्दा कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंग शाही ७ हजार ७ सय ५५ मत ल्याएर दोस्रो स्थानमा रहे ।

यसैगरी नेकपा एमालेका धिरेन्द्रराज गिरीले ५ हजार ४ सय ७० मत ल्याए ।

को हुन् देवेन्द्र ?

जुम्ला प्रदेश क्षेत्र नं (१) बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाही चन्दननाथ नगरपालिका १० वारकोटेबाडा निवासी हुन् । ६० बर्षका शाही जुम्लाको कर्णाली प्राविधिक शिक्षालयबाट प्राविधिक शिक्षा हासिल गरेर सीटीईभीटीमा जागिर गर्दै २०४६ सालमा जनमोर्चामा आवद्ध थिए ।

नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति स्वर्गीय मानव सेजुवालका स्कुले साथी भएकाले २०५६ सालमा प्रजातान्त्रिक कांग्रेसमा आवद्ध भएका थिए । शाहीले जिल्ला कोषाध्यक्ष हुदै १२ औं र १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएका थिए ।

२०७४ सालमा जुम्लाबाट प्रतिनिधिसभाका उम्मेदवार उनी नेकपा माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका थिए । शाहीले आफूलाई पार्टीले टिकट नदिएर गरेको बिद्रोहपछि जनताले गुन लगाएका र जनताको काम गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?