+
+

जाजरकोटबाट माओवादी केन्द्रका शक्ति बस्नेत निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १:४०

८ मंसिर, जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।

उनले ३४ हजार १५१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाए ।

बस्नेत र आचार्यबीच ९ हजार ३१ मतान्तर छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भएका थिए ।

बस्नेतले यो सँगै तीन पटक संदसदीय निर्वाचन जिते । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका थिए ।

को हुन् शक्ति बस्नेत ?

नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्ति बहादुर बस्नेत २०२८ साल वैशाख १ भेरी नगरपालिका– ०१ कालेगाउँमा जन्मिएका हुन् ।

२०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकता केन्द्र (मशाल)मा आवद्ध भएका बस्नेत २०४८ सालमा तत्कालिन एकता केन्द्र (मशाल) राप्ती क्षेत्रीय समन्वय समिति सदस्य भए । २०४९ सालदेखि पार्टीको जाजरकोट जिल्ला सेक्रेटरीको भूमिकामा रहे ।

२०५१ साल देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रिय व्यूरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामिण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्दै आएका थिए । उनी २०५५ सालमा नेकपा माओवादीको वैकल्पिक केन्द्रीय सदस्य भए भने २०५७ सालमा केन्द्रीय सदस्य भए ।
२०५९ सालमा पार्टी पोलिटव्यूरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता क्षेत्रीय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गरे ।

२०७१ सालमा स्थायी कमिटी सदस्य बनेका उनी हाल उपमहासचिव छन् । बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भए भने २०७२ सालमा गृहमन्त्री बने । २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण मन्त्री थिए । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी पनि राजनीतिमा सक्रिय छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?