+
+

सुर्खेत २ को प्रदेश सभा सदस्यमा यामलाल कँडेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ७:१५

८ मंसिर, सुर्खेत । सुर्खेत २ को प्रदेश सभा १ मा नेकपा एमालेका यामलाल कंडेल विजयी भएका छन् ।

कंडेलले १६१ मतान्तरले विजयी भएका हुन् । उनले १८ हजार ५६१ मत ल्याए भने कांग्रेसका कालीप्रसाद शाक्यले  १८ हजार ४०० मत पाए ।

यस्तै राप्रपाका सुर्यबहादुर खत्रीले ३६८५ एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायले एक हजार २०० मत पाए ।

एमालेका कंडेल यसअघि पनि यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?