+
+

काभ्रे-२ मा गोकुल बाँस्कोटाको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ९:१३

८ मंसिर, काभ्रे । काभ्रे क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता कायम राखेका छन् ।

बिहीबार बिहान सार्वजनिक भएको पछिल्लो मत परिणाममा बास्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईभन्दा १ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

बास्कोटाले २२ हजार ४२७ र हुमागाईले २१ हजार ३०३ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाइले ६ हजार ३१६ मत पाएका छन् ।

प्रदेश सभा १ तर्फ नेकपा एमालेका कुमार खकुरेल अगाडि छन् । खकुरेलले १३ हजार २०३ र एकीकृत समाजवादीका लक्ष्मण लम्सालले १३ हजार १८५ मत पाएका छन् ।

प्रदेश सभा २ तर्फ नेपाली कांग्रेसका कन्चनचन्द्र बादे अगाडि छन् । उनले १५ हजार २२३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कुमार थापाले ११ हजार ९७९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?