+
+

एमाले र माओवादी केन्द्रका महासचिव पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ११:३४

८ मंसिर, काठमाडौं। दुई प्रमुख कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका महासचिवले चुनाव हारेका छन् । एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् भने माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङमा पराजित भएका छन् ।

दाङ- २ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए । रेखाले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव पोखरेललाई पराजित गरिन् । महासचिव पोखरेलले २६ हजार ६८० मत पाउँदा १९७ मतान्तरले पराजित भए ।

यस्तै लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याएर विजयी हुँदा देव गुरुङले ३१ हजार ७८१ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?