+
+

डडेल्धुराबाट प्रदेशसभामा माओवादी केन्द्रका भट्ट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १३:०८

८ मंसिर, धनगढी । डडेल्धुरा क्षेत्र नम्बर १ (क)बाट नेकपा माओवादी केन्द्रका उम्‍मेदवार खगराज भट्ट निर्वाचित भएका छन् ।

भट्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् ।

भट्टले १२ हजार ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत मात्र ल्याए ।

उनी नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्य हुन् ।

२०६४ सालदेखि प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्दै आएका भट्ट यो पटक पनि प्रतिनिधिसभा सदस्यमा आकांक्षी थिए । तर गठबन्धनमा भागबण्डाका क्रममा मुख्यमन्त्री बनाउने शर्तमा उनी प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?