+
+

निवर्तमान सांसदद्वय श्रेष्ठ र मानन्धरको जोगिएन जमानत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १३:४७

८ मंसिर, काठमाडौं । निवर्तमान सांसदद्वय जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ र एमाले परितयाग गरेका रामवीर मानन्धर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट पुनः प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । तर, दुवैले जमानत जोगाउन सकेनन् ।

यस क्षेत्रको कुल सदर मत ३६ हजार ६१ रहेको छ । श्रेष्ठले कुल सदर मतको ६.८ प्रतिशत र मानन्धरले ३.४ प्रतिशत मत प्राप्त गरे ।

सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।

०७४ को निर्वाचनमा यही क्षेत्रबाट मानन्धर विजयी भएका थिए । त्यसबेला उनले १८ हजार १०२ मत ल्याएर चुनाव जितेका थिए । यसपटक पनि एमालेबाटै टिकटमा दाबेदार थिए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मानन्धरले जम्मा एक हजार २१५ मत प्राप्त गरे ।

जसपाका उम्मेदवार श्रेष्ठ ०७४ मा भने समानुपातिक तर्फबाट सांसद बनेका थिए । यसपटक प्रत्यक्षमा लडेका उनले पनि जमानत जोगाउन सकेनन् । श्रेष्ठले दुई हजार ४६१ मत प्राप्त गरे ।

यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले २४.२ अर्थात ८ हजार ७४३ मत प्राप्त गरे ।

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा ३१ जना उम्मेदवार थिए । निवर्तमान सांसदद्वय श्रेष्ठ र मानन्धरसँगै २८ जनाको जमानत जफत भएको छ ।

विजेता राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली, उपविजेता एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रका मानुषी यमि भट्टराईले मात्रै जमानत जोगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?